काठमाडौँ महानगरपालिकाको राष्ट्रिय / अन्तराष्ट्रिय सम्बन्ध
काठमाडौँ महानगरपालिकाको अन्तराष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि प्रमुखको मातहत अन्र्तराष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालय औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएका तथा यस महानगरपालिका सदस्य रहेको विभिन्न अन्र्तराष्ट्रिय संगठनहरुसंगको सम्बन्धलाई निरन्तर प्रगाढ बनाउन र अन्र्तराष्ट्रियस्तरको सम्बन्धहरुलाई बढाउन निरन्तर क्रियाशिल रहन्छ । यस्तै यस सचिवालयले महानगरपालिकामा कार्यरत कर्मचारीहरु तथा नगरबासीहरुको लागी अन्र्तराष्ट्रियस्तरका कार्यशाला, सेमिनार, अध्ययन भ्रमण, तालिम र क्षमता विकास जस्ता कार्यको लागी खोजी गर्ने, प्राप्त अवसहरु उपलब्ध गराउने र अवसरहरु प्राप्तीका लागी पहलगर्ने कार्यहरु समेत गर्ने गर्दछ ।
भगिनी सम्बन्ध स्थापित भएका अन्तराष्ट्रिय शहरहरु
सेन्जेन शहर, जनवादी गणतन्त्र चीन
चेङ्गदु शहर, जनवादी गणतन्त्र चीन
ल्हासा शहर, जनवादी गणतन्त्र चीन
नाजिङ्, चिन
बोल्डर शहर, संयुक्त राज्य अमेरिका
फ्रेडरिकबर्ग शहर, संयुक्त राज्य अमेरिका
सोल शहर, गणतन्त्र कोरिया (दक्षिण कोरिया)
लान्जाउ शहर, जनवादी गणतन्त्र चीन
वाराणासी शहर, गणतन्त्र भारत
पेङवाङ शहर, जनवादी गणतन्त्र उत्तर कोरिया
यंगुनु शहर, बर्मा
मिन्सक शहर, बेलारुस
युजेन शहर, संयुक्त राज्य अमेरिका
रोचेस्टर शहर, संयुक्त राज्य अमेरिका
मात्सुमोतो शहर, जापान
सियान् शहर, जनवादी गणतन्त्र चीन
भगिनी सम्बन्ध स्थापित भएका राष्ट्रिय शहरहरु
महानगरपालिका सदस्य रहेका अन्तराष्ट्रिय संगठनहरु
विश्व पर्यटन शहरहरुको महासंघ, बेजिङ, चीन
विशाल शहरहरुको दिगो भुकम्पीय जोखिम व्यवस्थापन संस्था, हवाई, संयुक्त राज्य अमेरिका
मुख्य महानगरहरुको विश्व संस्था,बार्सिलोना, स्पेन
ऐतिहासीक शहरहरुको संघ,(LHC), टोकियो, जापान
स्थानीय वातावरणको दिगो व्यवस्थापनको लागी अन्र्तराष्ट्रिय परिषद,(ICLEI), टोरन्टो
सयुक्त शहरहरु र स्थानीय सरकारहरुको संगठन(CLG) बार्सिलोना, स्पेन
मानव बन्दोबस्त व्यवस्थापनको लागी स्थानीय सरकारको क्षेत्रीय संजाल (City Net), साेल दक्षिण काेरिया
विश्व सम्पदा शहरहरुको संगठन (OWHC), मन्टेरल, क्यानडा