१३ बैसाख २०८१ , बिहिबार

सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी सीप मेला २०८१ आवेदन फारम

सांस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश
श्रम बैंकमा आवद्ध हुने फारम रोजगारी र आय वृद्धिमा सहभागीताको लागि फाराम

समाचार

Kathmandu Metro Idea and Innovation (KMII 2080), प्रस्ताव आव्हानको समय अवधि थप गरिएको सूचना

Kathmandu Metro Idea and Innovation (KMII), 2080

प्रस्ताव आव्हानको समय अवधि थप गरिएको सूचना

 

देशभरिका नवप्रवर्तक, उद्यमी तथा व्यवसायीहरुको सिप तथा ज्ञान अभिवृद्धि गर्दै देशव्यापी रुपमा नवप्रर्वतन, start up र उद्यमशीलतालाई लगानीकर्ताहरुसँग जोड्न काठमाडौँ महानगरपालिकाले] Kathmandu Metro Idea and Innovation (KMII) 2080 कार्यक्रम थालनी गरेको छ । यसका लागि प्रस्ताव माग गरिएको छ । सहरी पूर्वाधार विकास र व्यवस्थापन, समुदाय र वातावरण, सहरी सेवा सुविधा (स्वास्थ्य, शिक्षा, सुरक्षा, राजस्व प्रणाली) व्यवस्थापन, आर्थिक सामाजिक विकास जस्ता क्षेत्र र सरल सहरी जीवनका लागि नविनतम प्रविधिको प्रयोग तथा आविष्कार सम्बन्धी सोच तथा परियोजना यहाँहरुबाट अपेक्षा गरिएको छ ।

तपाईहरुसँग पनि कुनै Idea छ, व्यवसाय छ, Start Up छ, वा साना, घरेलु तथा लघु उद्योग छ भने यो कार्यक्रममा जोडिन सक्नुहुनेछ ।

यी सोच निर्माण, परियोजना पत्र तयारी लगायत विषयमा थप समय आवश्यक माग भइ आएकोले ज्येष्ठ २९ गतेसम्म प्रस्ताव पेश गर्ने समय थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि अनुरोध गरिएको छ । स्टार्टअप कम्पनी, विद्यार्थी, उद्यमी, व्यवसायीहरुलाई (एकल वा बढीमा ४ जनाको समुहमा) प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।

तल दिएका विकल्पहरु मध्ये कुनै एकबाट आवेदन दिन सकिनेछ :

  1. विस्तृत जानकारी यस सूचनाको दाहिने तिर उपलब्ध गरिएको छ
  2. Google Form: https://shorturl.at/enx15
  3. kathmanducpc@gmail.com मा email गरेर soft copy वा थापाथली जीतजंग मार्ग स्थित सहरी योजना आयोगको कार्यालयमा हार्ड कपी, जसको ढांचा यस सूचनाको दाहिने तिर को attachment download गरि पेश गर्न सक्नु हुनेछ
  4. थप जानकारी लिनु परेमा सहरी योजना आयोगको कार्यालयको टेलिफोन नम्बर ०१—४१०२३०१ मा सम्पर्क गर्न सकिनेछ ।

 

सहरी योजना आयोग

काठमाडौँ महानगरपालिका