काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको समन्वयमा यस महानगरपालिकाले महानगर रिसर्च फेलोसिप २०८० नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको चौथो संस्करणको रुपमा Metropolitan Research Fellowship Program सञ्चालन गर्ने भएको छ ।
न्यूनतम शैक्षिक योग्यता तथा अनुभव: सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी २ (दुई) वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको ।
संख्या : अधिकतम १० (दश) जना, अनुसन्धान अवधि : छ (६) महिना, सेवा सुविधा एवम् शर्तहरू: तोकिए बमोजिम
आवेदन आयोगको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन (कार्यालय समय) भित्र काठमाडौं महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np मा रहेकोे तपसिल बमोमिको लिंकमा फारम भरि आवेदन पेश गर्नुपर्नेछ ।
लिङ्कः https://shorturl.at/izB57
“अनुसन्धान विषयहरू, कार्यक्रम निर्देशिका, र अन्य सम्बन्धित विवरणहरूसम्मका थप विवरणहरूको लागि, कृपया यस सुचनामा संलग्न गरिएका कागजातहरू पढ्नुहोस्।
सम्पर्क:
काठमाडौं महानगरपालिका
सहरी योजना आयोगको कार्यालय
काठमाडौं प्लाजा,कमलादी काठमाडौं
फोन: ०१ ४१०२३०१
Email: cpc@kathmandu.gov.np
web site: www.kathmandu.gov.np