सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

आगलागी प्रभावित भवनहरूको मूल्याङ्कन (Post Fire-Damage Assessment) का लागि आवेदन आह्वान ।

आगलागी प्रभावित भवनहरूको मूल्याङ्कन (Post Fire-Damage Assessment) का लागि आवेदन आह्वान हुने link:-

https://jobs.kathmandu.gov.np/register

काठमाडौँ महानगरपालिकाले हालै भएका आगलागी घटनाबाट प्रभावित भवनहरूको Post Fire-Damage Assessment कार्य सम्पन्न गर्न योग्य इन्जिनियर तथा प्राविधिक विज्ञहरूबाट आवेदन आह्वान गर्दछ । यस मूल्याङ्कनको उद्देश्य प्रभावित भवनहरूको संरचनागत सुरक्षा परीक्षण गर्ने, आवश्यक विश्लेषण गर्ने तथा मर्मत, प्रबलीकरण वा भत्काउने सम्बन्धी उपयुक्त समाधान प्रदान गर्ने हो ।
यस कार्यका लागि १० स्ट्रक्चरल इन्जिनियर, ३० सिभिल इन्जिनियर र १० आर्किटेक्ट आवश्यक पर्नेछ । टोलीमा संलग्न प्राविधिकहरूले निम्न कार्यहरू सम्पादन गर्नु पर्नेछः
* महानगरपालिकाले तोकिएका फाराम प्रयोग गरी आगलागी प्रभावित भवनहरूको फिल्ड सर्वेक्षण गर्ने ।
* भवन र आगलागी घटनासम्बन्धी विवरण संकलन तथा अभिलेख राख्ने ।
* प्रभावित संरचनाको नक्सांकन तथा फोटोग्राफिक अभिलेख तयार गर्ने ।
* आवश्यकता अनुसार Non-Destructive Test तथा Semi-Destructive Test मा सहयोग गर्ने ।
* प्रभावित संरचनाहरूको मर्मत तथा प्रबलीकरणका लागि प्राविधिक समाधान प्रस्ताव गर्ने ।
इच्छुक योग्य उम्मेदवारहरूले आफ्नो आवेदन काठमाडौँ महानगरपालिकाको वेबसाइट ……….. मार्फत दर्ता गर्न सक्नुहुनेछ । आवेदन दर्ता गर्ने अन्तिम मिति: २०८२ असोज १९ गते भित्र जानकारी गर्दछौ ।