|
|
शहरी व्यवस्थापन विभाग

शहरी व्यवस्थापन विभाग

Kathmandu Plaza, Kamaladiurbaninfra@kathmandu.gov.np

बारम्बार सोधिने प्रश्नहरू

  • कित्ताकाटसिफारिस

    १. ब्यहोरा खुलेको निवेदन

    २. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि

    ३. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेस को प्रतिलिपि

    ४. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

    ५. सम्वन्धित कार्यालयको पत्र

    ६. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण

    सेवा शुल्क: रु २०००

    लाग्ने समय: सोहि दिन / सर्जमिन स्थलगत अध्ययनको हकमा ३ दिन

  • नक्सापास विरुद्धको उजुरी

    १. व्यहोरा खुलेको तोकिएको ढाँचाको उजुरी निवेदन

    २. विवादित जग्गाको नापी नक्सा

    ३. उजुरी पुष्ट्याई गर्ने अन्य कागजातहरु

    सेवा शुल्क: रु. ५०/-

    लाग्ने समय: सोही दिन

  • घ वर्गको निर्माण इजाजत दिने

    १. व्यहोरा खुलेको निवेदन

    २. निर्माण इजाजत मापदण्डमा तोकिए बमोजिमको यन्त्र उपकरणहरुको स्वामित्व खुलेको कागजात

    ३. निर्माण इजाजतका लागि तोकिए बमोजिमको जनशक्ति विवरण

    ४. जनशक्तिको व्यक्तिगत विवरण

    सेवा शुल्क: नियमानुसार लाग्ने दस्तुर रु. १०,०००/-

    लाग्ने समय: कागजात भएको दिनभित्र पेश १५

  • भवन नक्सा नामसारी

    १. व्यहोरा खुलेकोनिवेदन

    २. रजिष्टेसन पास कागज

    ३. अंशवण्डाबाट आएको भए अंशवण्डाको कागज

    ४. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

    ५. अन्य कुनै व्यहोराले हक हस्तान्तरण भई आएको भए सो को कानून बमोजिम पारित लिखित

    ६. लिने दिनेको मञ्जुरीनामा

    सेवा शुल्क: .

    लाग्ने समय: .

  • पूर्वाधार विकास सेवा कसरी प्राप्त गर्ने? यसका लागि आवश्यक कागजात, सेवा शुल्क र समय के हो ?

    १. व्यक्ति वा संस्थाको व्यहोरा खुलेको निवेदन

    २. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

    ३. पूर्वाधार विकास गर्नुपर्ने स्थानको अवस्था खुलेको तस्वीर

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: प्रक्रिया शुरु सोहीदिन