
कानुन तथा मानब अधिकार विभाग
बारम्बार सोधिने प्रश्नहरू
सार्वजनिक सम्पत्तिको अतिक्रमण गरी क्षति पुर्याएको सम्बन्धी उजुरीका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन
२. जग्गाको नापी नक्सा
३. सम्बन्धित वडा कार्यालयको पत्र
सेवा शुल्क: रु. ५०/-
लाग्ने समय: सोही दिन
गैरकानुनी/अवैध निर्माण (Illegal Construction) सम्बन्धी उजुरीका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन
२. विवादित जग्गाको नापी नक्सा
३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल
४. उजुरीकर्ताको घर भए स्वीकृत नक्सापासको कागजात
५. अन्य कागजातको प्रतिलिपि
सेवा शुल्क: रु. ५०/-
लाग्ने समय: सोही दिन
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी उजुरी/उजुरी निवेदनका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. तोकिए बमोजिमको ढाँचामा पेश गरिएको फिराद पत्र
२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी
४. विदेशी नागरिक भएमा राहदानीको प्रमाणित प्रतिलिपि
सेवा शुल्क:
लाग्ने समय: सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन
ध्वनि तथा अन्य प्रदूषण सम्बन्धी उजुरीका लागि के-के विवरणहरू, सेवा शुल्क र समय लाग्छ?
१. व्यहोरा खुलेकोनिवेदन
२. स्थान खुल्ने व्यहोरा (बाटोको नाम घर नम्बर समेत)
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: तोकिएको प्रक्रिया अनुसार

