|
|
विपद् व्यवस्थापन विभाग

विपद् व्यवस्थापन विभाग

Kathmandu Plaza, Kamaladidisaster@kathmandu.gov.np

बारम्बार सोधिने प्रश्नहरू

  • अग्नि निरीक्षण सुधार (नो अब्जेक्सन लेटर एनओसी)

    १. व्यहोरा खुलेको निवेदन

    २. सेवाग्राही व्यक्ति भए निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

    ३. घरको नक्सा पास प्रमाणपत्रको प्रतिलिपि

    ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

    ५. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण

    ६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

    ७. भवनमा रहेको अग्नी निवारण तथा अन्य प्रणालीको विवरणको सूची

    सेवा शुल्क: रु. १५,०००

    लाग्ने समय: निवेदन पेश हुन आएको ७ दिनभित्र

  • आगलागीको सिफारिस कसरी प्राप्त गर्ने? यसका लागि आवश्यक कागजात, सेवा शुल्क र समय के हो ?

    १. व्यहोरा खुलेको निवेदन

    २. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

    ३. नेपाल प्रहरीले चारकिल्ला र क्षतिको विवरण खुलेको घटनास्थल मुचुल्का

    ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

    ५. चालु आर्थिक वर्षसम्मको तिर्नु पर्ने सबै कर तिरेको प्रमाण

    ६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता र करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: कागजात पूरा भएको २४ घण्टाभित्र