
प्रशासन बिभाग
यस विभागको लागि कुनै प्रतिवेदन फेला परेन।
बारम्बार सोधिने प्रश्नहरू
दरभाउपत्र तथा बोलपत्र पुनरावलोकन (Review of Sealed Quotations and Bids) का लागि के-के कागजातहरू, सेवा शुल्क र समय सीमा लाग्छ?
१. प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी विषय सँग सम्बन्धित व्यहोरा खुलेको निवेदन
२. आशयपत्र जारी भएको सूचनाको प्रतिलिपि सेवा शुल्क: निःशुल्क
लाग्ने समय: बढीमा ५ दिनभित्र
होर्डिङ बोर्ड स्वीकृतिका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. ब्यवसाय खोलको निवेदन
२. निवेदक संघ संस्था भए सोको दर्ता प्रमाण, प्रचलनबमोजिमको नियमावली, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र
३. होर्डिङ बोर्ड राख्ने स्थान बहालमा लिए सो बहाल सम्बन्धीको प्रमाणपत्र
४. होर्डिङ बोर्ड राख्ने प्रस्तावित स्थानको वेहोरि तस्बिरहरू
सेवा शुल्क: प्रति स्वाकार फी रु. १,०००
लाग्ने समय: अधिकतम ७ दिन भित्र
प्रमाणित प्रतिलिपि कागजात (Copy Proof Documents) प्राप्त गर्नका लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. व्यहोरा खुलेको निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा शुल्क: तोकिएको दस्तुर अनुसार
लाग्ने समय: सोही दिन / १ दिनभित्र
मागमा आधारित सूचना प्रवाह (Right to Information / Information Flow Based on Demand) का लागि के-के कागजातहरू, सेवा शुल्क र समय लाग्छ?
१. व्यहोरा तथा सूचनाको प्रयोजन खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
सेवा शुल्क: प्रचलित कानुनले तोकेकोमा सोही बमोजिमको दस्तुर र अन्यको हकमा निःशुल्क
लाग्ने समय: सोही दिन/अन्य निकायसँग माग गरी उपलब्ध गराउनु पर्ने भए बढिमा सात दिन

