Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

News

Kathmandu Metro Idea and Innovation Program 2080, अन्तर्गत Fast track connect: Speed Dating को लागि सूचिकृत हुन आउने सम्बन्धी सूचना !!

सूचिकृत हुन आउने सम्बन्धी सूचना ।

काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले संचालन गरि रहेको Kathmandu Metro Idea and Innovation Program 2080, अन्तर्गत Fast track connect: Speed Dating को लागि तपशिल बमोजिमको योग्यता पुगेका विज्ञहरुको Roster तयार गर्नुपर्ने भएकोले काठमाडौं महानगरपालिका सहरी योजना आयोगको कार्यालयमा आवश्यक कागजात सहित मिति २०८०/०६/१५ गते भित्र सूची दर्ता गर्न आउन सम्बन्धित सबैको लागि सुचना जारी गरिएको छ ।
योग्यता तथा आवश्यक कागजातः
१. सम्बन्धित विषयमा स्नातकोत्तर गरि कम्तिमा ५ वर्षको कार्य अनुभव भएको वा सम्बन्धित विषयमा स्नातक गरि कम्तिमा ७ वर्ष अनुभव भएको ।
२. सम्बन्धित क्षेत्रमा आफ्नै व्यवसाय गरेको उद्यमी वा व्यवसायीको दर्ता प्रमाण पत्र
३ .नवप्रवर्तनको क्षेत्रमा ज्ञान भएको / अनुभवको पत्र
४. उद्यमी व्यवसायीमा उत्कृष्ट काम गरि प्रतिष्ठा कमाएको प्रमाण पत्र
सूची दर्ता गर्ने स्थान
काठमाडौं महानगरपलिका, सहरी योजना आयोग
काठमाडौं प्लाजा, कमलादी काठमाडौं
इमेल: kathmanducpc@gmail.com

Supporting Documents