काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कमलादी, काठमाडौँ |
अनुगमन टोली खटाईएको सूचना
काठमाडौँ महानगरपालिका, राजस्व विभागबाट सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर, आदि तिर्न बुझाउन अनुरोध गर्ने, करका विषयमा जानकारी दिने तथा करदाताहरुलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न स्थलगत रुपमा कर अनुगमन टोली खटाइएको व्यहोरा अनुरोध छ |
कर अनुगमन टोली तपाईंको व्यवसायस्थलमा आउँदा यहाँहरुले दर्ता तथा नवीकरण, कर तिरेको प्रमाण, दर्ता प्रमाणपत्र लगायत टोलीले माग गरेको बिवरण उपलब्ध गराई काठमाडौँ महानगरपालिकाको राजस्व असुली कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ | साथै बुझाउनु पर्ने कर, आवश्यक पर्ने कागजात लगायत आँफूलाई द्विविधा भएका विषयमा जानकारी लिनुहुन समेत अनुरोध गरिन्छ | यस सम्बन्धमा थप जानकारी लिन चाहनु हुने करदाताले कार्यालय समयमा निम्न टेलिफोन नम्बरमा सम्पर्क राख्न सकिनेछ |
समयमै कर तिरौं महानगरको विकासमा सहभागी बनौं
राजस्व विभाग
काठमाडौँ महानगरपालिका
कमलादी, काठमाडौँ
फोन नं : ०१५३२०९४०, ९८५१०९४८७७, ९८४१५५७७७७, ९८५८०५३७१५, ९८४१६२८४६२,९८४१५२६२१६