सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

महानगरका प्रमुख शाहसँग फ्रान्सका राजदूत जीलको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन्द्र) सँग फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण मुख्य विषय थिए ।

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ ।’ प्रमुख शाहले भन्नुभयो, ‘ विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ ।’

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गर्नुभयो ।

त्यस क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो । ‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ ।’ राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा भन्नुभयो, ‘काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केवुल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ । मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’

कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गर्नुभएको थियो ।

source- metronews.kathmandu.gov.np

toto
toto
situs toto
toto
situs togel
toto
slot
slot
slot
toto 4d
toto
slot