सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

सीप मेला २०८२ कार्यक्रममा क्यान्टिन संचालन सम्बन्धि सुचना !!

काठमाडौँ महानगरपालिका गौरवको आयोजना, रोजगारी र आय वृद्धि काठमाडौँको संवृद्धि अन्तर्गतको सीप मेला २०८२ कार्यक्रम मिति २०८२/०२/०७ गतेका दिन बाट टुँडिखेलमा सञ्चालन हुने भएकाले कार्यक्रम को अवधिभरि  क्यान्टिन सञ्चालन गर्न इच्छुक फर्म तथा संस्थाहरूलाई तपसिलका कागजातहरू सहित महानगरपालिकाको सहरी योजना आयोगको सचिवालय, काठमाडौँ प्लाजा, कमलादीमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

 

तपशिल 

फर्म/संस्थाले पेस गर्नुपर्ने कागजातहरु  

१. फर्म/ संस्थाको दर्ता प्रमाणपत्र

२. PAN /VAT दर्ता प्रमाणपत्र

३. स्थानीय तहमा व्यवसाय/संस्था दर्ता प्रमाणपत्र

४. फर्म/ संस्थाको चालु आर्थिक वर्ष सम्मको करचुक्ता प्रमाणपत्र

 

सम्पर्क ठेगाना

काठमाडौँ महानगरपालिका

नगर कार्यापालिकाको कार्यालय

शहरी योजना आयोग

काठमाडौँ प्लाजा, कमलादी, काठमाडौँ

Supporting Documents