प्रमुख प्रशासकिय अधिकृतको सन्देश
प्रिय सञ्जनहरु
स्वागतम् !
नेपालका अन्य प्रमुख शहरहरू जस्तै काठमाडौं उपत्यकामा भित्रको यस महानगरका पनि धेरै चुनौतीहरू छन् । अप्रत्याशित रूपमा बढ्दै गइरहेको आर्थिक गतिविधिले गर्दा द्रुत रूपमा यस महानगरपालिका भित्र जनसंख्याको चाप धेरै पर्न गइरहेको छ । जसले गर्दा नेपालका अन्य भागहरूको तुलनामा प्राकृतिक स्रोत र काठमाडौंको भौतिक पूर्वाधारहरू सडक, यातायात र प्रसारण लाइनहरूमा ठूलो दबाब परिरहेको छ । बढ्दो जनसंख्या र यसका चुनौतीहरूले काठमाडौ महानगपालिकाको आफ्नै व्यवस्थापन क्षमताका कारण यस कार्यालयले उच्च गुणस्तरको सेवा वितरण गर्न कठिनाइ भोगिरहेको छ । यी चुनौतिहरूको बाबजुद हामीले हाम्रा सामर्थ्यहरूको पूंजीकरण गर्दै हामी काठमाडौं शहरलाई हरित, आधुनिक र लोकप्रिय पर्यटन गन्तव्यको रूपमा राख्न दृढ छौं।
यस महानगरमा भित्रने अतिथीहरूलाइ महानगरको आतिथ्यबाट प्रभावित गर्न हामी अनवरत प्रयत्यनशील छौ । संस्कृतिमा डुब्ने, अनुभव गर्ने, र काठमाडौं शहरको शताब्दीयौं पुरानो इतिहासबारे जान्न आग्रह गर्दछु । तपाईं इतिहास, संस्कृति, धर्म र प्राकृतिक सौन्दर्य अवलोकन गर्न चाहानुहुन्छ भने काठमाडौंले तपाईलाई संतुष्ट पार्छ, यसले तपाईलाई प्रेरणा दिन्छ । तपाईलाई काठमाडौंको प्राकृतिक सुन्दरताले यहाँ आयोजना हुने उत्सवहरुले तथा मन्दिरहरूको भव्यताले मोहित बनाउँने नै छ भन्ने विश्वास लिएको छु ।
धन्यवाद ।