|
|

भिडियो च्यालेञ्जका लागि आव्हान

प्रकाशित:१८ भाद्र २०८३, १२:०२ AMप्रकाशक:Super AdminNotices

काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल अन्तर्गत My Culture, My Heritage शीर्षकमा 'सर्ट भिडियो च्यालेञ्ज' र 'नेपाल प्यानोरमा २०८३' अन्तर्गत खुला छोटा चलचित्र आव्हान गरेको छ ।

यो कार्यक्रम काठमाडौँ किल्म फेस्टिभलको अभिन्न अङ्गका रुपमा राखिएको छ । यस कार्यक्रममार्फत चलचित्र तथा श्रव्यदृश्य उत्पादनमा काम गरिरहनु भएका निर्माता, विद्यार्थी, कथाकार, कलाकार तथा इच्छुकहरूलाई समेट्ने प्रयास गरेका छौँ ।

यी कार्यक्रम सम्बन्धी विस्तृत जानकारी काठमाडौँ महानगरपालिकाको वेवसाइट kathmandu.gov.np बाट र फेस्टिभलको वेवसाइट filmfestival.kathmandu.gov.np बाट प्राप्त गर्न सकिनेछ । यससँगै तलका लिङ्क र क्युआरबाट सहभागिता सम्बन्धी जानकारी लिन तथा आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

इच्छुक सबैलाई च्यालेञ्जमा भाग लिन अनुरोध गर्दछौँ ।

थप जानकारीका लागि QR Scan गर्नुहोला