बारम्बार सोधिने प्रश्नहरू
तपाईंका प्रश्नका उत्तरहरू यहाँ हेर्नुहोस्।
विपन्न नागरिक औषधी उपचार सिफारिस कसरी प्राप्त गर्ने? यसका लागि आवश्यक कागजात, सेवा शुल्क र समय के हो ?
१. विरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. आर्थिक अवस्था खुलेको सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिसपत्र
४ सम्बन्धित अस्पतालबाट प्राप्त बिरामीको रोग खुलेको सक्कल सिफारिसपत्र
५. सम्बन्धित अस्पताल/चिकित्सकवाट प्राप्त बिरामीको रोग खुलेको कागजातको प्रतिलिपि -
प्रेस्किप्सन
भर्ना फाराम
डिस्चार्ज भएकाको हकमा डिस्चार्ज कागजात
रोग पत्ता लागेको कागजातको प्रतिलिपि
६. पासपोर्ट साइजको फोटो २ वटा
७. रु १० को टिकटसेवा शुल्क: निःशुल्क
लाग्ने समय: सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार
आगलागीको सिफारिस कसरी प्राप्त गर्ने? यसका लागि आवश्यक कागजात, सेवा शुल्क र समय के हो ?
१. व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. नेपाल प्रहरीले चारकिल्ला र क्षतिको विवरण खुलेको घटनास्थल मुचुल्का
४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. चालु आर्थिक वर्षसम्मको तिर्नु पर्ने सबै कर तिरेको प्रमाण
६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता र करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: कागजात पूरा भएको २४ घण्टाभित्र
पूर्वाधार विकास सेवा कसरी प्राप्त गर्ने? यसका लागि आवश्यक कागजात, सेवा शुल्क र समय के हो ?
१. व्यक्ति वा संस्थाको व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. पूर्वाधार विकास गर्नुपर्ने स्थानको अवस्था खुलेको तस्वीर
सेवा शुल्क: निःशुल्क
लाग्ने समय: प्रक्रिया शुरु सोहीदिन


