१२ बैसाख २०८१ , बुधबार

सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी सीप मेला २०८१ आवेदन फारम

सांस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश
श्रम बैंकमा आवद्ध हुने फारम रोजगारी र आय वृद्धिमा सहभागीताको लागि फाराम

समाचार

राजस्व ऐनको संशोधन प्रस्ताव पारित गर्दै नगर सभाको ५ औँ बैठक सम्पन्न

काठमाडौँ । नगर सभामा पेश भएको काठमाडौँ महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगर सभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो । प्रस्तावका विषयमा नगर सभा सदस्यहरु सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले धारणा राख्नुभएको थियो । सभामा आर्थिक बर्ष २०७९÷०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा कार्यक्रम पेश भएपछि असार २४ गते यसका विषयमा छलफल हुने गरी आजको बैठक स्थगित भएको छ ।

सभाले महानगरका निर्देशक दिपक अधिकारीलाई न्यायिक समितिको सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ ।

असार १७ गते सम्पन्न अधिवेशनको चौथो बैठकले संशोधनसहित आर्थिक विधेयक पारित गरिसकेको छ ।

११ औँ अधिवेशनको पहिलो बैठक असार ५ गते बसेको थियो । बैठकमा प्रमुख शाहले आर्थिक बर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । यो प्रस्ताव असार ७ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।

असार १० गते सम्पन्न सभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको थियो । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गर्नुभएको थियो ।

यसरी पेश गरिएका विधेयकमध्ये असार १७ गते बसेको चौथो बैठकले आर्थिक विधेयक पारित गरिसकेको छ । नगर सभाको अर्को बैठक असार २४ गते शुक्रबार हुनेछ ।