6 Baishakh 2081 , Thursday

Cultural City, Kathmandu Metropolitan City

Online tax payment Skill Registration Form

Cultural City, Kathmandu Metropolitan City

News

पहिलो महानगर मेयर सम्मेलन पोखरामा सम्पन्न

काठमाडौँ । पहिलो महानगर मेयर सम्मेलन पोखरामा सम्पन्न भएको छ । सम्मेलन साउन १३ र १४ गते पोखरामा सञ्चालन भएको थियो । संघीय राज्य व्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वर्धनक, हरित, उत्थानशील तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरको भूमिका सम्मेलनका मुख्य विषय थिए । स्थानीय सरकारका पृथक पहिचानकाविच साझा सवालका विषयलाई सम्मेलनमा सम्बोधन गर्ने प्रयास गरिएको थियो ।

‘स्थानीय तहका समस्या फरक छन् । तीमध्ये पनि महानगरका समस्या धेरै छन् । महानगरमध्ये पनि काठमाडौँका समस्या फरक छन् ।’ सम्मेलनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभयो, ‘काठमाडौँ भोगेको समस्या अन्य पालिकाले भोग्नु नपरोस् ।’

खानेपानी व्यवस्थापनको उदाहरण दिँदै प्रमुख शाहले भन्नुभयो, ‘आफ्नै जलाधार क्षेत्र भएर पनि काठमाडौँले पानीको समस्या भोग्नु परेको छ । पानी वितरणका लागि राजकुलो, पोखरी, ढुङ्गेधारा जस्ता प्रणाली सहरीकरणले नासिए । सम्पन्न मानिस ढलानको घरमा बस्नु पर्छ भन्ने सोचले सहरमा क्रंक्रिट थपिँदै गयो । प्राकृतिक प्रणाली नासिँदै गए । म एक ईञ्जिनियर भएर भन्छु, काठमाडौँमा अहिले १ सय तले भवन नचाहिन सक्छ ।’ उहाँले पानी, फोहोर व्यवस्थापन, ढल निकास, आकाशे पानीको व्यवस्थापनजस्ता विषय उठाउँदै प्रमुख शाहले, दिगो विकासको अवधारणामा काम नगरिएकाले अहिलेको अवस्था आएको बताउनुभयो । सन्ततिले हाम्रो कार्यकाललाई त्यही रुपमा सम्झनु नपरोस् । त्यसैले हामी दिगो विकासका लागि अहिले समस्या भोगेर पनि काम गछौँ । उहाँको भनाइ थियो ।

सम्मेलनमा काठमाडौँ, पोखरा, ललितपुर, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता थियो ।

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एंव क्षेत्रीय योजनाकार डा. जगदिशचन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

सम्मेलनमा महानगरपालिकाका प्रमुखहरुबाट मुख्य योजनाहरु तथा कार्यान्वयन चुनौतीका विषयमा अनुभव आदानप्रदान गर्नुभएको थियो । स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरु वहनका सन्दर्भमा उपप्रमुखहरुले गएको २ महिनाको अनुभव तथा सिकाई आदानप्रदान गर्नुभएको थियो । ‘आपसी सिकाइले सुधार गर्नु पर्ने ठाउँ पहिचान गर्न सहज हुने रहेछ ।’ सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगोलले, स्थानीय सरकारको सवलीकरण, स्थानीय शासन सञ्चालन तथा व्यवस्थापनका कोणबाट सम्मेलन उपलब्धीमुलक रह्यो ।

स्थानीय सरकार सञ्चालनका लागि जारी गरिएका ऐन कार्यान्वयनको अवस्थाका विषयमा प्रमुख प्रकासकीय अधिकृतहरुको अनुभव साटासाट भएको थियो ।

सम्मेलनको पहिलो दिन महानगरपालिकाका साझा सवाल बारे संश्लेषणको कार्यक्रम थियो । दोस्रो दिन पूर्वाधार विज्ञ डा. सुर्यराज आचार्यले महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका विषयमा प्रस्तुति गर्नुभएको थियो ।  त्यस्तै डा. अजयचन्द्र लाल र सरोज बस्नेतले महानगरपालिकामा हरित, उत्थानशील तथा विकासको अपरिहार्य सम्भावना देखाउनुभएको थियो । सहरी विकास, सुविधा वितरणका साझा सवाल तथा आगामी कार्य दिशामा समूहगत छलफल गरिएको थियो ।

तस्विर : विनय शाक्य 

News source -www.metronews.kathmandu.gov.np