१५ चैत्र २०८० , बिहिबार

सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश
श्रम बैंकमा आवद्ध हुने फारम रोजगारी र आय वृद्धिमा सहभागीताको लागि फाराम

समाचार

गुनासो सुनुवाई प्रगतिको ट्र्याकिङ् र अद्यावधिक सम्बन्धी तालिम

काठमाडौँ । काठमाडौँ महानगरको सूचना प्रविधि विभागले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्र्याकिङ् र अद्यावधिक सम्बन्धी तालिम दिएको छ । विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा ग्रिभान्सेस रिअड्रेसिङ् मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।

यसअघि गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सिकाइ सकिएको छ ।

ad

अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पु¥याउने, गुनासो गरिएको अवस्थाको तस्विर र सुधार भएपछिको तस्विर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइएको हो । तालिमका सहजकर्ता एवं परामर्शदाता नवराज गुरुङ्काअनुसार ‘अधिकारीहरुसँग गुनासो वा सुझावकर्ताले कुरा गर्न पाएको बेला लाइभ सर्भरबाट र  कुरा गर्न नपाएको बेला आवाज रेकर्ड गरेर कम्युनिकेसन सर्भरबाट गुनासो रेकर्ड गरिन्छ ।’

यस अघि सेन्टरमा १५ जनाको गुनासो एकै पटक सुन्न सक्ने क्षमताको १६६००१०५५११ टोलफ्रि सञ्चालन गरेका थियौँ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘कोविडको समयमा परामर्श र सेवाका लािग सञ्चालन गरिएको ११८० नम्बरको टोलफ्रि पनि कल सेन्टरबाटै सञ्चालन तयारी अन्तिम चरणमा पु¥याएका छौँ ।’

महानगरपालिकाले जेठ २४ गतेदेखि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको हो । त्यसयता आजसम्ममा ४ हजार ५ सय ३९ गुनासा, ४ हजार १ सय २८ गुनासा टिपोट योग्य छन् ।

Source : http://metronews.kathmandu.gov.np/