8 Baishakh 2081 , Saturday

Cultural City, Kathmandu Metropolitan City

Online tax payment Skill Registration Form

Cultural City, Kathmandu Metropolitan City

News

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल पदबहाली

 २०७८-०९-११ 

कानूनसम्मत सेवा पाउने सेवाग्राहीको अधिकार सुनिश्चित गर्र्नुपर्छ — प्रमुख प्रशासकीय अधिकृत पौड्याल

काठमाडौँ । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड्यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ जानुभएको छ ।

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताउनुभयो । पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड्यालको भनाइ थियो ।

त्यस क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने बताउनुभयो ।

२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव हुनुभएको हो । उहाँ स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गर्नुभएको छ ।

source kathmanduonline.gov.np