Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

Kathmandu Metropolitan City
Office of Municipal Executive, Bagmati Province
Labor Bank Form Free Health Camp Online Application Portal Shram Sansar Portal

News

अन्तरकृया तथा प्रमाणिकरण कार्यक्रममा अतिथ्यता सम्बन्धमा ।

प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागद्वारा नेपाल मण्डल लिट्रेचर कल्चर ट्रष्ट सँगको सहकार्यमा महानगरपालिकाका ६ वटा विभिन्न अमूर्त साँस्कृतिक सम्पदाहरुको अध्ययन अनुसन्धान कार्य सम्पन्न गरि प्रतिवेदन प्राप्त भइसकेको जानकारी गर्दछु ।

यसै सन्दर्भमा ६ वटा जात्रा पर्वहरु मध्ये जनबहाःद्यः जात्राको अध्ययन अनुसन्धान कार्यमा अपनाईएका विधिहरु र अध्ययन सामाग्री तथा श्रोतहरुबारे जानकारी सहितको संक्षिप्त प्रस्तुतिकरण तथा अन्तरकृया सहित हुने प्रमाणिकरण कार्यक्रम गर्नको लागि सम्पदा तथा पर्यटन विभाग तथा सहरी योजना आयोगको प्रावधिक सहयोगमा तपशिल बमोजिमको मिति स्थान र समयमा हुने कार्यक्रममा अतिथ्यता ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रमः
मितिः २०८०÷१२÷१६ गते, शुक्रबार ।
समयः बिहान ११:०० बजे
स्थानः काठमाडौ महानगरपालिकाको बोर्ड हल, काठमाडौँ प्लाजा, कमलादी ।

 

P.S Attached Supporting Documents