FAQs Complain Problems

Newsticker

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

१) दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने