FAQs Complain Problems

प्रजातन्त्र दिवस, व्यवस्थापन उपसमितिले बैठक सम्पन्न

 फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको मूल कार्यक्रममा सहभागी हुन आउने जनसाधारणलाई सम्माजनक बस्ने ठाउँको व्यवस्था गर्नेसहितका निर्णय गर्दै व्यवस्थापन उपसमिति बैठक सम्पवन्न भएको छ । बिहीबार महानगरका प्रमुख एवं प्रजातन्त्र दिवस व्यवस्थापन उपसमितिका संयोजक विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले बिगत बर्षको समीक्षा गर्दै स्थानीय सरकारका प्रतिनिधिलाई आकर्षक सांस्कृतिक झाँकीसहितको सहभागिता गराउने निर्णय ग¥यो ।

यस बर्षको प्रजातन्त्र दिवस दिन टुँडिखेलमा शौचालय व्यवस्थापन गर्ने, सजावटकालागि गमला, फूललगायतका सामाग्री खरिद गर्ने, टुँडिखेल र आसपास क्षेत्रको सरसफाइ गर्ने, कार्यक्रम स्थलमा खानेपानीको व्यवस्थापन गर्ने, सहरभरिको सफाइ, कार्यक्रम स्थलमा कुर्सीको व्यवस्था गर्ने, हेलिकप्टरबाट गरिने पुष्प वृष्टिकालागि फूल र प्रदर्शन गरिने ३४ मिटर लामो ६९ औं प्रजातन्त्र दिवस लेखिएको व्यानर प्रदर्शन गर्नेलगायतका निर्णय छन् ।

यी कामहरु महानगरले नेपाली सेना, नेपाल प्रहरी, सहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय सरकार र नागरिकसँगको समन्वयमा सम्पन्न गर्ने योजना बनाएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

यस बर्षको प्रजातन्त्र दिवसका मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । त्यस्तै सूचना तथा सञ्चार मन्त्रीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, महानगरका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्था उपसमिति र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम, व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा देश विदेशमा विभिन्न कार्यक्रम हुनेछन् । काठमाडौंमा यसको मूल समारोह हुनेछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा मन्त्रीहरु, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुख, प्रलदेश तथा स्थानीय सरकारका प्रमुख तथा स्थानीय सरकारका प्रतिनिधिसहित जनसाधारणको सहभागिता हुनेछ ।